पूर्व मिस नेपाल शृङ्खला खतिवडाको सुन्दरतामा खुलेको मुस्कान (फोटो फिचर) « Khabarhub

पूर्व मिस नेपाल शृङ्खला खतिवडाको सुन्दरतामा खुलेको मुस्कान (फोटो फिचर)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ मा मिस नेपाल घोषित भएपछि शृङ्खला खतिवडा एकाएक चर्चामा आइन् । नेपालको प्रतिनिधित्व गर्दै  मिस वर्ल्डमा सहभागी भइन् उनी । पछिल्लो समय राम्रो फ्यान फलोइङ कमाएकी मिस नेपालमा पर्छिन्, शृङ्खला ।

नेपाली युवापुस्तामाझ लोकप्रिय शृङ्खला पछिल्लो समय युवाकेन्द्रित कार्यक्रममा पनि सहभागी भएकी हुन्छिन् । आइतवार शृङ्खला फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको युवा लक्षित अन्तर्क्रिया कार्यक्रममा भेटिइन् ।

उक्त कार्यक्रममा युवापुस्ताको राम्रो सहभागिता थियो । शृङ्खला निकै सुन्दर बनेर कार्यक्रममा आएकी थिइन् । कार्यक्रममा उनी मुख्य आकर्षक बनेकी थिइन् । कार्यक्रमका बोल्दै उनले युवापुस्ताले नेपालका हरेक क्षेत्रमा मौका पाउनुपर्ने धारणा राखिन् । कार्यक्रमपश्चात् उनले फ्यानसँग तस्वीर पनि खिचाएकी थिइन् ।

शृङ्खला खतिवडा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनको सुन्दरताको पनि फ्यानले खुलेर तारिफ गर्ने गर्छन् । अहिले भने उनले कुनै नयाँ काम थालेकी छैनिन् । जसकारण उनी मिडियामा पनि देखिएकी छैनिन् ।

मिडियामा खासै आउन नचाहने बताउने शृङ्खलाले नयाँ कुरा केही भयो भने बल्ल मिडियामा आउने बताइन् । किन मिडियामा आउन चाहनुहुन्न भन्ने प्रश्नमा उनले भनिन् – केही नयाँ काम थालेकी छैन, अब उही कुरा मिडियामा के बोल्नु र ! हेरौं शृङ्खलाका केही आकर्षक तस्वीर:

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : ०२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह