पूर्व मिस नेपाल शृङ्खला खतिवडाको सुन्दरतामा खुलेको मुस्कान (फोटो फिचर) « Khabarhub

पूर्व मिस नेपाल शृङ्खला खतिवडाको सुन्दरतामा खुलेको मुस्कान (फोटो फिचर)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ मा मिस नेपाल घोषित भएपछि शृङ्खला खतिवडा एकाएक चर्चामा आइन् । नेपालको प्रतिनिधित्व गर्दै  मिस वर्ल्डमा सहभागी भइन् उनी । पछिल्लो समय राम्रो फ्यान फलोइङ कमाएकी मिस नेपालमा पर्छिन्, शृङ्खला ।

नेपाली युवापुस्तामाझ लोकप्रिय शृङ्खला पछिल्लो समय युवाकेन्द्रित कार्यक्रममा पनि सहभागी भएकी हुन्छिन् । आइतवार शृङ्खला फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको युवा लक्षित अन्तर्क्रिया कार्यक्रममा भेटिइन् ।

उक्त कार्यक्रममा युवापुस्ताको राम्रो सहभागिता थियो । शृङ्खला निकै सुन्दर बनेर कार्यक्रममा आएकी थिइन् । कार्यक्रममा उनी मुख्य आकर्षक बनेकी थिइन् । कार्यक्रमका बोल्दै उनले युवापुस्ताले नेपालका हरेक क्षेत्रमा मौका पाउनुपर्ने धारणा राखिन् । कार्यक्रमपश्चात् उनले फ्यानसँग तस्वीर पनि खिचाएकी थिइन् ।

शृङ्खला खतिवडा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनको सुन्दरताको पनि फ्यानले खुलेर तारिफ गर्ने गर्छन् । अहिले भने उनले कुनै नयाँ काम थालेकी छैनिन् । जसकारण उनी मिडियामा पनि देखिएकी छैनिन् ।

मिडियामा खासै आउन नचाहने बताउने शृङ्खलाले नयाँ कुरा केही भयो भने बल्ल मिडियामा आउने बताइन् । किन मिडियामा आउन चाहनुहुन्न भन्ने प्रश्नमा उनले भनिन् – केही नयाँ काम थालेकी छैन, अब उही कुरा मिडियामा के बोल्नु र ! हेरौं शृङ्खलाका केही आकर्षक तस्वीर:

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : ०२ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था