स्पिनर विश्वकपमा महत्वपूर्ण सावित हुन्छन् ? « Khabarhub

स्पिनर विश्वकपमा महत्वपूर्ण सावित हुन्छन् ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– यतिबेला विश्वकप क्रिकेटले सबैको ध्यान तानिरहेको छ । १२ औं संस्करणको एकदिवसीय क्रिकेट विश्वकपको उद्घाटन खेलमा आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल भएर शुरु हुँदैछ ।

विश्वकप क्रिकेटको माहोल बढिरहेका बेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पनि विभिन्न खेलाडीको चर्चा गर्दै आफ्नो अनलाइन साइटमा फिचर लेख्न थालेको छ ।

आईसीसीले पाकिस्तानका युवा खेलाडी शदाब खानबारे चर्चा गर्दै उनको बलिङ क्षमताले पाकिस्तानलाई बलियो रुपमा उपस्थित गर्ने उल्लेख गरेको छ ।

लेग स्पिनर शदाबले भनेका छन्– जति प्रभावकारी ब्याटिङ हुन्छ त्यति नै महत्वपूर्ण खेलमा बलिङ पनि हुन्छ ।

एउटा राम्रो क्षमता भएको लेग स्पिनर, सधै अब्बल ठहरिन्छ । जहाँ उसले ब्याट्सम्यानलाई मुर्ख पनि बनाउन सक्छ जसले उसलाई अन्तर्राष्ट्रिय निश्चित ओभरका खेलमा राम्रो गर्न उक्साइ रहन्छ ।

उनीहरुको क्षमताले नै इनिङलाई मल्टिपल स्टेजमा लैजान सघाउँछ, जसमा उनीहरुले ब्याट््सम्यानहरुलाई अझै फरक शैली अपनाउन बाध्य पार्छन् र २ नयाँ बल फाल्दै स्पिनरहरुले ब्याट्सम्यानमाथि दबाब सिर्जना गर्न सक्छन् ।

विश्वकप क्रिकेटमा प्रभावकारी बलिङ गर्न सक्ने एक स्पिनर हुन्, पाकिस्तानका शदाब खान । २० वर्षे युवा खेलाडी इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीका रुपमा हेरिएका छन् ।

खानले अहिलेसम्म खेलेका ३४ खेलमा ४७ विकेट लिइ सकेका छन् । फरक शैलीले ब्याट्सम्यान सामू प्रस्तुत हुने खान पछिल्लो समय पाकिस्तानी टोलीका प्रभावशाली युवा खेलाडी हुन् ।

अहिले उनीसँगै इङ्ग्ल्यान्डका अदिल राशिद पनि आक्रामक रुपमा विश्वकपमा सहभागी हुन तयार रहेको आईसीसीले उल्लेख गरेको छ ।

यी दुई खेलाडीमध्ये यो विश्वकपमा कसले धेरै विकेट लेलान् र उनीहरु यसअघिका स्पिनरभन्दा प्रभावकारी हुन सक्छन् ? शदाबका लागि यो प्रश्न ‘निकै जटिल’ छ । ‘किनकी रिस्ट स्पिनर जहाँसुकै स्पिन गर्न सक्छन्,’ शदाब भन्छन्, ‘यदि त्यहाँ स्पिनर छ भने खेल्न निकै अफ्ठ्यारो हुन्छ । यदि तपाईंले राम्रो एरियामा बलिङ गर्नुभयो यो निकै कठिन हुन्छ । जस्तोसुकै परिस्थितीमा पनि । त्यसैले पनि यो आवश्यक छ । लेग स्पिनरसँग त झनै । हो तपाईं रन बनेको देख्न सक्नु हुन्छ । तर, उ विकेट टेकर हो । तपाई सधै विकेट लिएको हेर्न चहानुहुन्छ । त्यसैले हामी सधैं खेलमा हुन्छौं ।’

शदाबका अनुसार बलरलाई सधै ६ भन्दा बढीको रन रेट्सले पिरोल्ने गर्छ । बलिङ समूहमा राम्रो रन नियन्त्रण गर्ने काम दिइएको हुन्छ । रन नियन्त्रण गर्न असम्भव प्राय छ । तर, विकेट लिन सक्दा केही म्यानेज हुन्छ ।

‘यो निकै महत्वपूर्ण भूमिका हो,’ शदाबले भने, ‘यदि ब्याटिङमैत्री पिच भएको खण्डमा ३ सय रन हुनसक्छ । त्यसैले यदि तपाईंले मध्यम ओभरमा विकेट लिन सक्नु भयो भने तपाईंका लागि खेल जित्ने राम्रो अवसर हो । त्यो ब्याटिङको अवस्थामा हामीले विकेट लिन सक्नु पर्छ । त्यसो हुन नसके ३ सय ५० को हाराहारीमा रन पुग्छ । त्यसैले यदि तपाईंले मध्य ओभरमा विकेट लिन सक्नु भयो भने ३ सय भन्दा कम रहनमा रोक्न सक्नु हुन्छ । यदि त्यसो गर्न सके राम्रो हो ।’

विश्वकप प्रतियोगितामा अफगानिस्तानका राशिद खान र शदाबमा को प्रभावशाली ? भन्ने पनि यकिन हुने उल्लेख गरिएको छ । पाकिस्तानी स्टारका लागि यसअघिको इङ्ग्ल्यान्डसँगको ५ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला गुमाएका थिए, जसको कारण थियो विराम ।

जब उनी फर्किए, उनी मैदानमा फ्रेस देखिएका थिए । जसमा उनले अफगानिस्तानविरुद्धको विश्वकप वार्म अप खेलमा १० ओभर पूरा बलिङ गर्दै आफू विश्वकपका लागि तयार रहेको संकेत दिएका छन् ।
‘अहिले म आनन्द महसूस गरीरहेको छु,’ शदाबले भने, ‘म अहिले निकै राम्रो रिदममा छु । मैले एक–दुई दिन अभ्यास गरेको थिए र अफगानिस्तानविरुद्ध राम्रो बलिङ गर्न सके ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : ०० बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत