जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने | Khabarhub Khabarhub

जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पत्रकार कृष्ण सेन ‘इच्छुक’ मारिएको दिन (जेठ १३ गते)लाई नेपाल पत्रकार महासंघले शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाउने भएको छ ।

पहिलोपटक सोमबार (जेठ १३ गते) शहीद पत्रकार स्मृति दिवस मनाएको महासंघले अब हरेक वर्ष स्मृति दिवस मनाउने जनाएको हो ।

सोमबार आयोजित स्मृति सभामा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासंघले हरेक वर्ष महासंघका सबै तहमा शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाइने बताए ।

नेपालमा पत्रकारहरु पत्रकारिता गरेकै कारण मारिएका तथा वेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारबाही नभएसम्म महासंघले आवाज उठाइरहने पनि महासंघका अध्यक्ष आचार्यले बताए ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय, काठमाडौंको सञ्चारग्राममा आयोजित स्मृति सभामा बोल्दै महासंघका उपाध्यक्ष विपुल पोख्रेलले मारिएका तथा वेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैं लागिरहने बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकारहरु त्यसको सिकार बन्नुपरेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले शहीद तथा वेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने बताए ।

कार्यक्रमका संयोजक जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ जना पत्रकार मारिएका तथा ५ जना पत्रकार वेपत्ता रहेको भन्दै त्यसको न्यायका लागि आवज उठाउन महासंघले कार्यक्रमको आयोजना गरेको बताए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : ५४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा