८ महिनामा १ करोड बढीले लिए ओपीडी सेवा, ४ लाख बिरामी अस्पताल भर्ना « Khabarhub

८ महिनामा १ करोड बढीले लिए ओपीडी सेवा, ४ लाख बिरामी अस्पताल भर्ना


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा नेपालका स्वास्थ्य संस्थाबाट १ करोड ५ लाखले  ओपीडी सेवा लिएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार देशभरका स्वास्थ्यसंख्याबाट १ करोड ५ लाख पटक स्वास्थ्य सेवा प्रभाह भएको हो । यस्तै चालु आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्ममा ४ लाख ८३ हजार बिरामीहरु अस्पतालमा भर्ना भएका छन् ।

८ महिनाको अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको आर्थिक सर्वेक्षणको तथ्यांकले देखाएको छ । अस्पतालबाट ओपीडी, आकस्मिक र भर्ना भएर उपचार सेवा प्रदान गर्नेमा प्रदेश ३ का स्वास्थ्य सेवा अग्र स्थानमा रहेका छन् ।

यस्तो छ प्रदेशगत विवरण

गत साउनदेखि फागुनसम्ममा प्रदेश नम्बर ३ का स्वास्थ्य संस्थाहरुबाट २७ लाख ६० हजार १ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै २ लाख ६१ हजार ५ सय ३१ जनाले भर्ना भएर उपचार गराएका छन् भने, ४ लाख ६० हजार ५ सय १८ हजार बिरामीले आकस्मिक सेवा दिएका छन् ।

यस्तै प्रदेश १ का स्वास्थ्य संस्थाहरुबाट ११ लाख ५६ हजार ४ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ६७ हजार ६ सय ३९ जनाले भर्ना भएर उपचार गराएका छन् भने १ लाख ९ हजार ७ सय २७ हजार बिरामीले आकस्मिक सेवा दिएका छन् ।

यस्तै प्रदेश २ का स्वास्थ्य संस्थाहरुबाट १९ लाख ४३ हजार ७ सय १० पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ९ हजार ६ सय १९ जनाले भर्ना भएर उपचार गराएका छन् भने, १५ हजार ७ सय २८ हजार बिरामीले आकस्मिक सेवा दिएका छन् ।

यस्तै गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाले पनि ८ महिनाको अवधिमा १० लाख ७७ हजार ४ सय ९६ पटक ओपीडी सेवा प्रदान गरेका छन् भने ३९ हजार २ सय ९५ जना बिरामीलाई भर्ना गराएर उपचार सेवा दिएका छन् ।

गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाबाट ८३ हजार ४ सय ७८ बिरामीले आकस्मिक सेवा लिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा १६ लाख ९४ हजार ५ सय २८ पटक ओपीडी सेवा प्रवाह भएको छ भने ६७ हजार ७ सय १४ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । प्रदेश पाँचभित्रका स्वास्थ्य सेवाले ९१ हजार ६ सय ६८ जनालाई आकस्मिक सेवा प्रदान गरेको छ ।

कर्णाली प्रदेशभित्र पनि साउनदेखि फागुन सम्ममा ६ लाख ५४ हजार ९ सय ३५ जनाले ओपीडी सेवा लिएका छन् । कर्णाली प्रदेशभित्रका स्वास्थ्य सेवामा ८ महिनामा २० हजार ९ सय ३९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् भने ३६ हजार ७ सय ११ जनाले आकस्मिक सेवा लिएका छन् ।

यस्तै सुदूरपश्चिममा १२ लाख ४४ हजार ९ सय ६० जनाले ओपीडी सेवा पाएका छन् भने १६ हजार ८ सय ७१ जानेले भर्ना भएर उपचार सेवा पाएका छन् । सुदूपश्चिमभित्रका स्वास्थ्य सेवाबाट ७७ हजार ३ सय ५३ जनाले आकस्मिक सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा देशभरका स्वास्थ्य सेवाबाट २ करोड १३ लाख ४९ हजार ५ सय १६ पटक ओपीडी सेवा पाएका थिए । यस्तै १२ लाख ४१ हजार ९ सय ४१ जना बिरामी भएर अस्पताल भर्ना भएका थिए भने २० लाख ४७ हजार ३ सय २३ जनाले आकस्मिक सेवा लिएका थिए ।
देशभर हाल १ सय २५ वटा अस्पताल, ३ सय ८४ वटा आयुर्वेद अस्पताल तथा औषधालय गरी ४ हजार ५ सय १५ वटा स्वास्थ्य सेवा संचालित छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : १८ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा