करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा « Khabarhub

करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेत्री करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत राजनीतिक यात्रा शुरु गरेकी थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी हुन् । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्मा निष्क्रियजस्तै थिइन् । यसैबीच करिष्माले मौखिक रुपमा राजीनामा दिएको बताएकी छिन् । लिखित रुपमा भने राजीनामा दिन बाँकी रहेको उनले बताइन् ।

उनले व्यक्तिगत व्यस्तताका कारण राजनीतिदेखि टाढा हुने निर्णय गरेको जानकारी गराइन् । गत चैतमा एसईईको परीक्षा दिएर बसेकी करिष्मा राजनीतिक र सामाजिक विषयमा आफ्ना अभिव्यक्ति दिने गर्छिन् । पछिल्लो समय उनी फिल्म क्षेत्रबाट भने टाढा छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ३४ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका