बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्छ | Khabarhub Khabarhub

बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्छ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ को बजेट पेस हुन अब दुईदिन मात्र बाँकी छ । बजेट कस्तो आउँला भनेर यति बेला उद्यागी व्यवसायीहरु पनि चासोका साथ पर्खाइमा छन् । हुन त बजेट यस्तो कार्यक्रम हो जसले निजी क्षेत्रसँगै समग्र मुलुकको ध्यानाकृष्ट गरेको हुन्छ । तर पनि बजेटले निजी क्षेत्रलाई बढी प्रभाव पार्ने भएकोले सबैभन्दा बढी चासो उनीहरुकै रहने गर्छ । यस पटकको बजेटमा निजी क्षेत्रको अपेक्षा कस्तो छ त ?

कमलेश कुमार अग्रवाल, उपाध्यक्ष नेपाल च्याम्बर अफ कर्मश

सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नाराले सार्थकता पाउन निजी क्षेत्रको विकास हुन जरुरी छ । त्यसका लागि उद्योगी-व्यवसायी सस्टेन हुने वातावरण सरकारले बनाउनु पर्छ । जबसम्म बजेट निजी क्षेत्र मुखी आउँदैन तबसम्म निजी क्षेत्रको स्थायित्व हुन सक्दैन । यो विषयलाई सरकारले बुझ्न जरुरी छ । सबै चिज एक आपसमा गासिएका हुन्छन् । ‘सुखी नेपाली समृद्ध नेपाल’ को समर्थकता, बजेट र निजी क्षेत्र पनि एकआपसमा बाधिएका विषय हुन् ।

मुख्यतः दुईवटा कुरा हुन्छन् । पहिलो– कर प्रणाली र अर्को कानुन निर्माण । यी कुराहरु निजी क्षेत्र मुखी हुन जरुरी छ । हामीले धेरै पहिलादेखि एकिकृत कर प्रणालीको कुरा उठाईरहेका छौं । तर अहिले यो बहस झनै जटिल बन्दै गएको छ । मुलुक संघियतामा गएसँगै राजनीतिक शक्ति सन्तुलन त भयो तर आर्थिक प्रणाली सन्तुलन हुन सकेको छैन । पहिला एउटै प्रयोजनमा धेरै शीर्षकको कर लिने व्यवस्थाले हामीलाई प्रताणित गरेको थियो । त्यो निको हुन नपाउँदै संघीयताको झन्झट थपिएको छ । मुलुक संघीयतामा गएसँगै केन्द्र सरकार, प्रदेश र स्थानीय तह सबैले आ–आफ्नै हिसाबले कर उठाईरहेका छन् ।

स्थानीय तहले पनि कर बढाउँदा व्यवसायी थप मारमा परेका छन् । त्यही भएर अब शीर्षक र भूगोल सबैको अकार–प्रकारको एकीकृत कर प्रणाली लागू गर्न जरुरी देखिएको छ । भर्खरै मात्र विदेशी लगानीमा सरकारले एकद्वार सेवा प्रणाली ल्याएको छ । पहिला एउटा उद्योग दर्ता गराउन आईए, उर्जा भन्सार इत्यादि भन्दै दुई दर्जन कार्यालय धाउनु पर्‍थ्यो । तर सरकारले ल्याएको एकद्वार सेवा प्रणाली लागू भएसँगै झन्झटहरुमा कमी आईरहेको मैले सुनेको छु, यस्ता कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्छ ।

शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

बजेट उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन प्रेरित गर्ने खाल्को हुनुपर्छ । हाम्रो आजको सबैभन्दा ठूलो समस्या भनेको नै व्यापारमा देखिएको असन्तुलन हो । व्यापारमा सन्तुलन ल्याउन स्वादेशी उत्पादन प्रवद्र्धन हुने खाल्को नीतिहरु सरकारले ल्याउन जरुरी छ । नेपालमा यस्ता पनि वस्तु आयत हुन्छन्, जसको कच्चा पदार्थ भन्दा उत्पादित वस्तुको राजस्व कम छ । यस्तो अवस्थामा नेपालको उद्योगले विदेशी उत्पादन कसरी गर्न सक्छ ? के यस्तो नीतिले निर्यात सम्भव छ ?

हाम्रो आर्थिक न्याय प्रणाली झनै बिजोग छ । राजस्व न्यायाधीकरणमा भौतिक र संरचनागत सुधार गर्नैपर्छ । अर्बांैको समस्या थुप्रिएको उक्त कार्यालयलाई बाहिरबाट हेर्दा नै अनुमान गर्न सकिन्छ कि त्यहाँ काम हुन्छ वा हुँदैन भनेर । यी सबै कुराले पनि विदेशी तथा स्वादेशी लगानीलाई प्रभाव पारिरहेको हुन्छ ।

त्यस्तै नीतिकै कुरा गर्ने हो भने निजी क्षेत्रलाई रेगुलेट गर्ने मूल ऐन भनेको औद्योगिक व्यवस्था ऐन हो । तर यो ऐन विभिन्न ऐनसँग बाझिएको देख्न सकिन्छ । हामीले कहिल्यै औद्योगिक ऐनको मात्र भर गर्न सकेनौं । कहिले श्रम ऐन तगारो बन्छ, कहिले आर्थिक ऐन । अब सरकारले एकीकृत कानून बनाउन जरुरी देखिएको छ । कम्तिमा एक क्षेत्र एक कानुन बनोस्, त्यति भएपछि यो ओभर रुलिङको समस्या अलिक कम होला ।
उद्योगी व्यवसायी छट्पट्याउने एउटा विषय भनेको बैंकको ब्याज दर पनि हो । नेपालमा त यो निजी क्षेत्रको लागि चुनौती नै बनेको छ । कसैको लगाम छैन ब्याज दरमा, सरकार के गर्दै छ ?

पाँच प्रतिशत कबुल गरेर लिएको ऋण एक बर्षमै दोब्बर भएर १० प्रतिशत हुन्छ । ठोस नीति के हो ? हो, सरकारले बजेटमार्फत यस्तो कुरालाई पनि सम्बोधन गर्नुपर्छ । धेरै समयदेखि हामीले संस्थागत हिसाब मै यो कुरा उठाईरहेका छौं । तर सरकार खासै चिन्तित भएको हामीले देखेनौँ । पछिल्लो समय जग्गा प्राप्ति पनि उद्योगीको लागि समस्याको रुपमा देखिएको छ । उद्योग खोल्नलाई जग्गाको अभाव छ, महंगा जग्गा किनेर उद्योग स्थापना गर्न सकिन्न । औद्योगिक क्षेत्रमा सरकारले ध्यान पुर्‍याए यो समस्या समाधान हुने देख्छु ।

अहिले करको विषयमा धेरै द्विविधा छ, कतै दोहोरो करको कुरा आईरहेको छ, कतै संघीयताअनुसार विभिन्न तहमा तिर्नुपर्ने शुल्कको समस्या छ । एकीकृत प्रणाली लागू नभएसम्म यो समस्या समाधान हुन सक्दैन । यस्तै सरकार खाली करको दर बढाउन तिर केन्द्रित छ । तर हाम्रो चाहना दर होइन दायरा बढाउनु पर्‍यो भन्ने हो । करमा समावेश हुन धेरै क्षेत्रहरु छुटिरहेका छन् । त्यस्ता क्षेत्रहरुलाई समेट्नु पर्नेमा सरकार पुरानै क्षेत्रसँग करको दर बृद्धि गरी राजस्व लक्ष्य पुर्‍याउने ध्यानमा केन्द्रीत छ । यो तरिकाले कहिलेसम्म उद्योगले धान्न सक्छ र ? नेपालमा कर कूल जिडिपीको ३० प्रतिशत छ । जुन विश्व मै नुमुना हो, जसले करप्रति निजीक्षेत्रको सक्रियता देखाउँछ । तर अब दर घटाउनु जरुरी छ ।

गोपाल केडिया अध्ययक्ष , नेपाल उद्योग वाणिज्य संघ, वीरगञ्ज

आर्थिक कानूनमा भएको त्रुटिहरुबारे छाता संगठनले पहिलेदेखि नै आवाज उठाईरहेको छ । म यसकाबारे केही भन्न चाहन्न । मुलुक संघीयतामा गएपछि पक्कै पनि सबैलाई आफ्नो क्षेत्रको विकास होस् भन्ने लाग्छ । म वीरगञ्ज र आसपास क्षेत्रको उद्योगी व्यवसायीहरुबारे अलिक बढी चिन्तित छु ।

बाराको सिमरामा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापना हुने भनिए पनि यसको कार्यान्वयन पक्ष भने एकदमै फितलो देखेको छु । सेजको सञ्चालन समितिमा संघको कुनै प्रतिनिधित्व राखिएको छैन । यो भएन भने अपनत्व र सही दिशामा कसरी सेज जानसक्छ ?

बारा, पर्सामा साना ठूला गरी भण्डै ७ सय उद्योग छन् । जसलाई दक्ष, अर्धदक्ष र अदक्ष सबैखाले जनशक्ति आवश्यक पर्दछ । तर हामीसँग न त पर्याप्त जनशक्ति छ, न त कुनै ट्रेनिङ सेन्टर । त्यही भएर अबको बजेटमा सरकारले स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।
स्थनीयस्तरमा रहेको सुख्खा बन्दरगाहको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ र त्यससँगै यस क्षेत्रमा हामीलाई एउटा अन्तराष्ट्रिय केन्द्रको आवश्यकता खड्किएको छ । वीरगञ्ज नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । तर यहाँबाट उत्पादन भएका वस्तु प्रदर्शन गर्न हामीसँग राम्रो व्यवस्था छैन । लोमो समयदेखि हामीले अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शन रंगशालाका लागि लबिङ गरिरहेका छौं । यस वर्षको बजेटमा समेटिन्छ भन्ने आशा छ ।

भीम घिमिरे, अध्ययक्ष, उद्योग संगठन, मोरङ

पटकपटक सरकारसँग हामी आफ्ना मागका विषयमा छलफल गरेका छौँ । तर हाम्रा माग कहिल्यै पूरा भएनन् । त्यसैले म व्यक्तिगत रुपमा सरकार र सरकारले ल्याउन लागेको बजेटप्रति खासै आशावादी छैन । हामी उद्योगीहरुले सरकारको विभिन्न नीतिविरुद्ध केहि महिना अघि आन्दोलन नै छेडेका थियौं । आन्दोलनपछि वार्तामा स्वयम् प्रधानमन्त्रीले समस्याको समाधान गर्ने आश्वासन पनि दिनुभएको थियो । त्यसलगतै सरकार र निजीक्षेत्रको प्रतिनिधी रहने गरी कार्यदल पनि बनेको थियो । त्यसअनुसार सुझाव संकलन गर्‍यौँ ।

बैंकको ऋण ब्याजदर निर्धारण गर्न, श्रमिक ऐन संशोधन गर्न, एलसीमा डिस्काउन्टको व्यवस्था गराउन लगायतका कार्यदलमार्फत सुझाव पेस गरेका थियौं । तर आज कार्यदल कहाँ पुग्यो र प्रतिवेदन कता पुग्यो केही टुंगो छैन । त्यही भएर आशा गर्ने कुनै आधार देख्दिनँ । तथापि, हामीले लामो समयदेखि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन पहल गरिरहेका छौँ । त्यससँगै मोरङ सुनसरीमा रहको उद्योगहरुलाई व्यवस्थित गर्न एउटा औद्योगिक ग्रामको जरुरी छ । स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाउन कच्चा पदार्थमा भन्सार छुट दिए धेरै समस्याको समाधान हुन्थ्यो । बजेटमा यही कुराहरु समावेश गरे पुग्छ ।

अपेक्षाहरु धेरै नरहेपनि सुझाव भने दिन चाहन्छु । सरकारले विकास बजेट खर्च गर्न सकिरहेको छैन । जसका कारण विकास निमार्णका धेरै कामहरु रोकिएका छन्, ठप्प छन् । कामहरु ठप्प भएसँगै नेपाली बजारमा पैसाको फ्लो बढ्न सकेको छैन । र बैंकमा तरलताको समस्या उत्पन्न भईरहेको छ । आगामी दिन विकासतर्फ खर्च क्षमता बढाउन सरकार समक्ष बनोस् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : १३ बजे

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस

टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पले राखे नेसनल गार्ड तैनाथ

लस एन्जेलस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा

तुलसीपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु