त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच « Khabarhub

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ। मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो। परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेको नयाँ पत्रिकामा खबर छ ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ। छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए। धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ। अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन्। न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ। कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए। ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ।

पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए। तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए। सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो।

अधिवक्ता कोइरालाले बिचौलियाका रूपमा समेत काम गरेको अनुसन्धानमा देखिएको छ। उनले यसअघि उच्च माध्यमिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए। अख्तियारले पनिकाका अन्य कर्मचारीमाथि समेत सोधपुछ गरिरहेको छ।

अनुसन्धानका क्रममा अख्तियारले बानेश्वर क्याम्पसमा कार्यरत कर्मचारी केदार भट्टराईलाई पनि पक्राउ गरेको छ। उनले पनि पैसा तिरेर नम्बर सच्याई प्रथम श्रेणीमा एमए स्नातकोत्तर (अर्थशास्त्र)मा उत्तीर्ण गरेका थिए। कोइरालाले नै उनलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन भूमिका खेलेको खुलेको छ।

त्रिविमा छानबिन थालेपछि अख्तियारमा पूर्वाञ्चल विश्वविद्यालयको समेत उजुरी परेको छ। पूर्वाञ्चल विश्वविद्यालयमा समेत लामो समयदेखि आर्थिक चलखेलका नाममा नम्बर सच्याउने काम हुँदै आएको उजुरी परेको हो। प्रारम्भिक अनुसन्धानमा पूर्वाञ्चलको नतिजामा समेत चलखेल हुने गरेको संकेत भेटिएको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : १६ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु