अविजित भारतसामू वेष्ट इन्डिजको परीक्षा | Khabarhub Khabarhub

अविजित भारतसामू वेष्ट इन्डिजको परीक्षा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र क्यारेबियन टोली वेष्ट इन्डिजबीचको खेल हुँदैछ । म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेल नेपाली समय अनुसार सबा ३ बजे शुरु हुनेछ । विश्वकपको उपाधि दाबेदार टोली भारतसामू आजको खेलमा इन्डिजको परीक्षाका रुपमा हेरिएको छ ।

यसअघि खेलेका ५ खेलमा ४ जीत र एक खेल बर्षाका कारणले प्रभावित हुँदा बराबरी खेल्दै ९ अंक जोडेको छ भने ६ खेलमा १ जीत र ४ खेलमा हार व्येहोरेको इन्डिज टोलीले एक खेलमा वर्षाले खेल प्रभावित भएपछि अंक बाड्दा ३ अंकमात्रै जोड्न सकेको छ ।

आजको खेलमा विश्वकपमा बलियो रुपमा देखिएको भारतलाई रोक्न कमजोर हुँदै गएको इन्डिजको परीक्षाका रुपमा हेरिएको छ ।

यता, भारत आफुलाई विश्वकपमा अपराजित राख्ने लक्ष्यमा छ । यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा कार्लोस बर्थबेटले उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स सम्हाले पनि ५ रनको हार व्यहोरेको इन्डिज टोली भारतविरुद्ध जीतको खोजिमा छ ।

भारतका लागि कप्तान विराट कोहलीसहित ओपनिङ ब्याट्सम्यान रोहित शर्माले पनि भारतका लागि उत्कृष्ट प्रदर्शन पस्किदै आएका छन् । यता, इन्डिजका लागि ओपनिङ तथा ‘युनिर्भसल बोस’ क्रिस गेलदेखि निकोलास पुरान, कार्लोस बार्थबेट लगायतका खेलाडीले उतकृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार