अविजित भारतसामू वेष्ट इन्डिजको परीक्षा « Khabarhub

अविजित भारतसामू वेष्ट इन्डिजको परीक्षा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र क्यारेबियन टोली वेष्ट इन्डिजबीचको खेल हुँदैछ । म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेल नेपाली समय अनुसार सबा ३ बजे शुरु हुनेछ । विश्वकपको उपाधि दाबेदार टोली भारतसामू आजको खेलमा इन्डिजको परीक्षाका रुपमा हेरिएको छ ।

यसअघि खेलेका ५ खेलमा ४ जीत र एक खेल बर्षाका कारणले प्रभावित हुँदा बराबरी खेल्दै ९ अंक जोडेको छ भने ६ खेलमा १ जीत र ४ खेलमा हार व्येहोरेको इन्डिज टोलीले एक खेलमा वर्षाले खेल प्रभावित भएपछि अंक बाड्दा ३ अंकमात्रै जोड्न सकेको छ ।

आजको खेलमा विश्वकपमा बलियो रुपमा देखिएको भारतलाई रोक्न कमजोर हुँदै गएको इन्डिजको परीक्षाका रुपमा हेरिएको छ ।

यता, भारत आफुलाई विश्वकपमा अपराजित राख्ने लक्ष्यमा छ । यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा कार्लोस बर्थबेटले उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स सम्हाले पनि ५ रनको हार व्यहोरेको इन्डिज टोली भारतविरुद्ध जीतको खोजिमा छ ।

भारतका लागि कप्तान विराट कोहलीसहित ओपनिङ ब्याट्सम्यान रोहित शर्माले पनि भारतका लागि उत्कृष्ट प्रदर्शन पस्किदै आएका छन् । यता, इन्डिजका लागि ओपनिङ तथा ‘युनिर्भसल बोस’ क्रिस गेलदेखि निकोलास पुरान, कार्लोस बार्थबेट लगायतका खेलाडीले उतकृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी