सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन « Khabarhub

सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ ।

बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै ३८ करोड अपचलन भएको उल्लेख छ ।

सो प्रतिवेदनअनुसार, सहकारीको कूल ५२ करोड अधिकतम पूँजीमा विगतको २६ करोडमा थप १२ करोड अपचलन भएको छ ।

यसैबीच, सो सहकारी संस्थाले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताए ।

एक महिनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३९ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश