नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्तालाई भेट्न अस्पताल पुगे पौडेल « Khabarhub

नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्तालाई भेट्न अस्पताल पुगे पौडेल


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने क्रममा भएको झडपमा घाइते भएकालाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्पताल पुगेका छन् ।

गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

कालो झण्डा देखाउन गएका कांग्रेस कार्यकर्ता नेकपा कार्यकर्ताको आक्रमण पछि घाइते भएका थिए ।

घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएको गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई भेट्न कांग्रेस वरिष्ठ नेता पौडेल बिहीबार बाँसबारीस्थित न्युरो अस्पताल पुगेका हुन् ।

घाइते कार्यकर्ता भेट्न अस्पताल पुगेका नेता पौडेलले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताए । लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जनताको हकको पनि ख्याल नगरी सत्ताको उन्मादमा रहेकाहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १२ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली