‘जात्रै जात्रा’ हेरेपछि डा. भट्टराईको प्रतिक्रिया – गज्जबले हँसायो « Khabarhub

‘जात्रै जात्रा’ हेरेपछि डा. भट्टराईको प्रतिक्रिया – गज्जबले हँसायो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ हेरेका छन् । उनले बुधवार पत्नी हिसिला यमी र छोरी मानुषी यामी भट्टराईका साथ सो फिल्म हेरेका हुन् ।

चलचित्र हेरेर डा. भट्टराईले यो फिल्मले गज्जबले हँसाएको प्रतिक्रिया दिए । साथै उनले यस्ता फिल्म नेपालमा अरु पनि बन्नुपर्ने धारणा राखे। ‘एकछिन पनि चुप लागेर बस्न नदिने रहेछ, समय गएको पत्तै भएन,’ डा. भट्टराईले भने ।

यता फिल्मका निर्देशक प्रदीप भट्टराईले पनि सामाजिक सञ्चालका माध्यमबाट डा. भट्टराईलाई धन्यवाद दिएका छन् । उनले डा. भट्टराईजस्तो नेता नेपाललाई चाहिएको भन्दै डा. भट्टराईले सिनेमा हेर्दाका तस्वीर शेयर गरेका छन् ।

विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

प्रदर्शनको ४२ औँ दिनमा चलिरहेको यो फिल्मले राजधानीका केही हलमा ५१ औँ दिन मनाउने सम्भावना छ । हेरेका दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ०९ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा