स्पोट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ « Khabarhub

स्पोट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७५ को सह–प्रायोजकका रुपमा होटल क्राउन प्लाजा नक्सालसँंग जोडिएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एन्एसजेएफ र होटल क्राउन प्लाजाबीच प्रायोजन सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार होटल क्राउन प्लाजा एक बर्षका लागि एन्एसजेएफसँग जोडिएको छ । सम्झौता अनुसार अवार्ड र मञ्चको कार्यक्रमका लागि होटल क्राउन प्लाजाले आवास र खानपानको व्यवस्था गर्ने जनाइएको छ ।

अवार्ड कार्यक्रममा एनएसजेएफले खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने अवार्ड कार्यक्रममा यो वर्षपनि विभिन्न नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्ने छ ।

१६ औं संस्करणको यस कार्यक्रममा विभिन्न ५ विधाको मनोनयन सार्वजनिक गरिसकेका छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ५९ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको