एसएलसीको 'फलामे ढोका'देखि एसईईसम्म, यस्तो छ इतिहास | Khabarhub Khabarhub

एसएलसीको ‘फलामे ढोका’देखि एसईईसम्म, यस्तो छ इतिहास



काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।

त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६० विद्यार्थीमा छात्रको संख्या २७२७९ र छात्राको संख्या २१६८१ रहेको छ । जीपीए २.८०–३.२० सम्म ल्याउने कूल ६०७०६ विद्यार्थीमध्ये छात्रको संख्या ३४१६६ र छात्राको संख्या २६५४० रहेको छ ।

त्यस्तै, जीपीए २.४०–२.८० सम्म ल्याउने कूल ७४११० विद्यार्थीमध्ये कुल छात्र–३९०९५ र छात्रा– ३५०१५ रहेका छन् । जीपीए २.००–२.४० सम्म ल्याउने कूल ९७२९९ मध्ये छात्र ४५७८९ र छात्रा ५१५१० रहेका छन् ।

त्यसैगरी, जीपीए १.६०–२.०० सम्म ल्याउने कूल ९५२०९ मध्ये छात्र ४२८८३ र छात्रा ५२३२६ छन् भने जीपीए १.२०–१.६० ल्याउने कूल ४३८४० विद्यार्थीमध्य कूल १९१३३ छात्र र २४७०७ छात्रा रहेका छन् ।

त्यस्तै, ०.८०–१.२० जीपीए ल्याउने कूल ४४२९ विद्यार्थीमध्ये छात्र १८६६ छन् भने छात्राको संख्या २५६३ रहेको छ ।

जीपीए ०.८० भन्दा कम ल्याउने कूल ८२०७ विद्यार्थी रहेका छन् । जसमा छात्रको संख्या ४२२५ छ भने छात्राको संख्या ३९८२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत चैतमा भएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए ।

२०७३ सालदेखि लागू भएको अक्षराकंन प्रणालीका कारण अहिले पास र फेल हुने व्यवस्था छैन । तर ग्रेड प्रणाली लागू भएपनि विज्ञान, व्यव्थापन, मानविकी शंकाय अध्ययन गर्नका लागि पुन परीक्षा दिनुपर्ने व्यवस्था छ ।

छात्रभन्दा छात्रा बढी

परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी भएका थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी थिए । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल थिए ।

पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसपालीको एसईई परीक्षाका लागि प्रदेशगत रुपमा समानान्तर प्रश्नपत्रहरुको सेट तयार गरिएको थियो । वोर्डका अनुसार परीक्षाको तयारीको सबै व्यवस्थापन प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका थिए । प्रश्नपत्र तयार, उत्तर पुस्तिका परीक्षण र नतिजा निकाल्ने काम भने राष्ट्रिय परीक्षा वोर्डले गर्नेछ जसका लागि ५९ वटा जाँच केन्द्र तोकिएको थियो । परीक्षा सञ्चालनको सबै खर्च, उत्तरपूस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश सरकारले गरेका छन् ।

पहिलाको एसएलसी, अहिले एसईई

नेपालको शैक्षिक इतिहासमै पहिलोपटक १९९० सालको पुष अन्तिम साता पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) को शुरुवात भएको थियो । जुन परीक्षा बीचमै रोकिएको थियो ।

परीक्षा चलिरहेका बेला माघ २ गते विनाशकारी महाभुकम्प गएपछि परीक्षा केही दिनका लागि रोकिएको थियो । १९९० सालको कार्तिक २६ गते नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता र पटना जाने गर्थे ।

नेपाली विद्यार्थीको एसएलसी परीक्षाको सबै व्यवस्थापन तत्कालीन समयमा पटना विश्वविद्यालयले नै हेर्ने गरेको इतिहास छ ।

नेपालको शैक्षिक इतिहासमा पहिलोपटक भएको एसएलसी परीक्षामा १ जना छात्रसहित ३४ जना परीक्षार्थी सहभागी थिए । जुन परीक्षामा कोही पनि विद्यार्थी प्रथम श्रेणीमा पास हुन सकेका थिएनन् । तर, पहिलो एसएललसी परीक्षामा एक जना छात्राले फारम भरे पनि उनी परीक्षामा सहभागी भइनन् ।

पहिलो पटक भएको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा भएपनि सर्वोत्कृष्ट अंक प्राप्त गर्ने परीक्षार्थी पुष्पभक्त मल्ल थिए ।

एसएलसी शुरु भएको करिब ४९ वर्षपछि पहिलो महिला वोर्ड प्रथमका रुपमा लुना भट्टले २०३९ सालको एसएलसी परीक्षामा सफलता हात पारेको इतिहास छ । कक्षा १ देखि ५ सम्म प्राथमिक, ६ देखि १० सम्म माध्यमिक र ११ र १२ कक्षालाई उच्च माध्यमिक शिक्षामा रुपमा रहेको शिक्षा प्रणालीलाई २०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसइइका रुपमा परीक्षा लिन थालिएको हो ।

८३ वर्षसम्म एसएलसीका रुपमा चलिरहेको परीक्षालाई आइरन गेट (फलामे ढोका)का रुपमा लिने गरिन्थ्यो । तर पछिल्लो समय एसइइका रुपमा लिइने परीक्षाको नतिजा समेत ग्रेडिङ प्रणालीअनुसार प्रकाशन हुने गरेको छ ।

अहिले भने विस्तारै आइरन गेटबाट गोल्डेनगेट (सुनौलोढोका)का रुपमा लिन थालिएको छ । अर्थात् विद्यार्थीमा देखिँदै आएको परीक्षाप्रतिको ‘त्रास’ विस्तारै कम हुन थालेको शिक्षाविद्‍हरु बताउँछन् ।

झण्डै ५ लाख विद्यार्थी गायब

शिक्षा मन्त्रालयको तथ्याङ्अनुसार अहिलेको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ४ साख ७५ हजार ३ सय छ ।

जबकी १० वर्षअघि प्रारम्भिक बालविकास कक्षा अर्थात् पहिलाको शिशु कक्षामा भर्ना भएको विद्यार्थीको संख्या ९ लाख ४७ हजार २ सय ७८ जना रहेको थियो । मन्त्रालयकै तथ्याङ्कअनुसार १० वर्षअघि विद्यालय शिक्षामा प्रवेश गरेका गरेका ४ लाख ७१ हजार ९ सय ७८ जना विद्यार्थी बीचमै हराएका छन् ।

सरकारले ‘ड्रपआउट’ हुने विद्यार्थीको संख्या कम गर्न भन्दै विद्यालय खाजा कार्यक्रमदेखि अन्य सुविधा समेत प्रदान गर्दै आएको छ । तर बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ४ : ४४ बजे

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर