करिश्माले ल्याइन् एसईईमा ३ जीपीए « Khabarhub

करिश्माले ल्याइन् एसईईमा ३ जीपीए


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिश्मा मानन्धर एसईईमा ३ जीपीए ल्याएर उत्तीर्ण भएकी छिन् । मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट एसईई परीक्षा दिएकी करिश्माको परीक्षा केन्द्र डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो ।

१४ वर्षको उमेरदेखि अभिनय यात्रा थालेकी करिश्मा गतवर्ष स्कूल भर्ना भएकी थिइन् । करिश्मा स्कूल भर्ना भएपछि उनको खुबै चर्चा भएको थियो । राजनीतिमा समेत होमिएकी करिश्मा पछिल्लो समय राजनीतिबाट टाढा छिन् ।

सार्वजनिक नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।

त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६० विद्यार्थीमा छात्रको संख्या २७२७९ र छात्राको संख्या २१६८१ रहेको छ । जीपीए २.८०–३.२० सम्म ल्याउने कूल ६०७०६ विद्यार्थीमध्ये छात्रको संख्या ३४१६६ र छात्राको संख्या २६५४० रहेको छ ।

त्यस्तै, जीपीए २.४०–२.८० सम्म ल्याउने कूल ७४११० विद्यार्थीमध्ये कुल छात्र–३९०९५ र छात्रा– ३५०१५ रहेका छन् । जीपीए २.००–२.४० सम्म ल्याउने कूल ९७२९९ मध्ये छात्र ४५७८९ र छात्रा ५१५१० रहेका छन् ।

त्यसैगरी, जीपीए १.६०–२.०० सम्म ल्याउने कूल ९५२०९ मध्ये छात्र ४२८८३ र छात्रा ५२३२६ छन् भने जीपीए १.२०–१.६० ल्याउने कूल ४३८४० विद्यार्थीमध्य कूल १९१३३ छात्र र २४७०७ छात्रा रहेका छन् ।

त्यस्तै, ०.८०–१.२० जीपीए ल्याउने कूल ४४२९ विद्यार्थीमध्ये छात्र १८६६ छन् भने छात्राको संख्या २५६३ रहेको छ ।

जीपीए ०.८० भन्दा कम ल्याउने कूल ८२०७ विद्यार्थी रहेका छन् । जसमा छात्रको संख्या ४२२५ छ भने छात्राको संख्या ३९८२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।

परीक्षामा ५० जना विद्यार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षफल चित्त नबुझेमा प्रतिविषय ५ सय रुपयाँ तिरी पुनर्योग गर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।

यहाँ क्लिक गरेर एसईईको नतिजा हेर्नुस्

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : २६ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन