ट्युनिशियामा आत्मघाती आक्रमण, एक जनाको मृत्यु « Khabarhub

ट्युनिशियामा आत्मघाती आक्रमण, एक जनाको मृत्यु


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– ट्युनिशियामा भएका आत्मघाती आक्रमणमा एक जनाको ज्यान गएको छ । राजधानी ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा अन्य धेरै घाइते भएका छन् ।

प्रहरीलाई लक्षित गरी गराइएका आक्रमणमा एक प्रहरी अधिकारी मारिएको र अधिकांश प्रहरीसहित धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको जिम्मा कुनै समूहले पनि लिइसकेको छैन । शुरुमा आक्रमणकारीले ट्युनिशको चार्ल डेगल क्षेत्रमा गरेको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको जनाइएको छ।

त्यस्तै, ट्युनिशको करजानी जिल्लामा दोश्रो आत्मघाती आक्रमण भएको थियो । दोश्रो आक्रमणमा केही प्रहरी घाइते भएको जनाइए पनि कति जना घाइते भए भन्ने खुलाइएको छैन ।

ट्युनिशियामा चुनाव आउन केही महिना बाँकी रहेका बेला आक्रमण भएको हो । ट्युनिशियामा पर्यटन सिजन उत्कर्षमा रहेका बेला भएका आत्मघाती आक्रमणबाट त्यहाँको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने अधिकारीले जनाएका छन् । ट्युनिशियामा अघिल्ला केही वर्षमा भएका आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिने गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर