ट्युनिशियामा आत्मघाती आक्रमण, एक जनाको मृत्यु « Khabarhub

ट्युनिशियामा आत्मघाती आक्रमण, एक जनाको मृत्यु


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– ट्युनिशियामा भएका आत्मघाती आक्रमणमा एक जनाको ज्यान गएको छ । राजधानी ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा अन्य धेरै घाइते भएका छन् ।

प्रहरीलाई लक्षित गरी गराइएका आक्रमणमा एक प्रहरी अधिकारी मारिएको र अधिकांश प्रहरीसहित धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको जिम्मा कुनै समूहले पनि लिइसकेको छैन । शुरुमा आक्रमणकारीले ट्युनिशको चार्ल डेगल क्षेत्रमा गरेको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको जनाइएको छ।

त्यस्तै, ट्युनिशको करजानी जिल्लामा दोश्रो आत्मघाती आक्रमण भएको थियो । दोश्रो आक्रमणमा केही प्रहरी घाइते भएको जनाइए पनि कति जना घाइते भए भन्ने खुलाइएको छैन ।

ट्युनिशियामा चुनाव आउन केही महिना बाँकी रहेका बेला आक्रमण भएको हो । ट्युनिशियामा पर्यटन सिजन उत्कर्षमा रहेका बेला भएका आत्मघाती आक्रमणबाट त्यहाँको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने अधिकारीले जनाएका छन् । ट्युनिशियामा अघिल्ला केही वर्षमा भएका आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिने गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४९ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग