‘आप्पा’ को प्रिमियरमा को को पुगे ? « Khabarhub

‘आप्पा’ को प्रिमियरमा को को पुगे ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को प्रिमियरमा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति देखिएको छ । बिहीवार राजधानीको जय नेपाल हलमा गरिएको प्रिमियरमा फिल्मका शीर्ष कलाकारसहित चर्चित कलाकारको उपस्थिति रह्यो ।

प्रिमियरमा अभिनेता सुनील थापा, सीताराम कट्टेल, नायिका उपासना सिंह ठकुरी, एलिसा राई, वर्षा राउत, फिल्मका शीर्ष अभिनेता दयाहाङ राई, र्‍यापर समीर घिसिङ, कलाकार अरुणा रेग्मी, विल्सन विक्रम राई लगायत उपस्थित थिए ।

यस्तै कार्यक्रममा दयाहाङ राई आफ्नी पत्नी र छोराका साथ फिल्म हेर्न पुगेका थिए । फिल्ममा दयाहाङ राईले बाबुको भूमिका निभाएका छन् ।

प्रिमियरमा आएकी पूर्व मिस नेपाल शृङ्खला खतिवडाले भिजिट नेपालको नारालाई प्रचार गर्न आग्रह गरिन् । निर्धारित समयभन्दा केही ढिलो शुरु भएको प्रिमियरमा अन्य कलाकारको पनि उपस्थिति रहेको थियो ।

प्रिमियरमा फिल्मका शीर्ष कलाकार सिद्धार्थ राज तामाङ र एलोना काबो लेप्चा मुख्य आकर्षक थिए । अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म भोलि शुक्रवारदेखि नेपाल र भारतमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : २१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६