भारतले वेष्ट इन्डिजलाई १२५ रनले हरायो « Khabarhub

भारतले वेष्ट इन्डिजलाई १२५ रनले हरायो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको आज (बिहीबार)को खेलमा उपाधी दावेदार भारत विजयी भएको छ ।

भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गर्‍यो । २६९ रनको चुनौती पाएको वेष्ट इन्डिज ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो ।

ईङ्ल्याण्डको म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ओभरको खेलमा ७ विकेट गुमाएर दुई सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको अर्धशतकीय पारी खेले । यो अर्धशतकसँगै कोहलीले आईसीसी एकदिवसीय क्रिकेटमा आफ्नो ५३ औ अर्धशतक पुरा गरेका छन् ।

त्यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै लोकेश राहुलले ४८ रन बनाउँदा हार्दिक पाण्ड्याले ४६ रनको योगदान दिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ४२ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको