कुबेतले नेपाललाई दियो १४२ रनको चुनौती « Khabarhub

कुबेतले नेपाललाई दियो १४२ रनको चुनौती


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाललाई कुवेतले जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनायो।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । नेपालले अहिले जवाफी व्याटिङ थालेको छ।

हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।

नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी-२० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ५७ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको