मुटु अस्पतालमा प्रधानमन्त्रीका किस्सा : रामायणको पुष्पक विमानदेखि हजुरआमाको दाँतसम्म « Khabarhub

मुटु अस्पतालमा प्रधानमन्त्रीका किस्सा : रामायणको पुष्पक विमानदेखि हजुरआमाको दाँतसम्म


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् ।

शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उनी परिचित छन् । यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कलामा पारंगत छन् प्रधानमन्त्री ओली । शनिबार यस्तै भयो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा सञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराईए पनि उनले पौने एक घण्टा बढी भाषण गरे । उनको भाषणमा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलाबद्ध रुपमा ।

उनको भाषणाको सुरुको कथा थियो ‘जमदग्नीले श्रीमतीलाई काटे, छोरा परशुरामले बुबा मैले तपाईंको आज्ञा त माने । मेरो माग पूरा गरिदिनुपर्‍यो । जो तपाईंले वचन दिनुभएको थियो । मेरी आमालाई फेरी जस्ताको तस्तै ब्यूँझाईदिनोस् । अनि जमदग्नीले अपरेशन गरेर ब्यूँझाईदिए । जस्ताको तस्तै बनाईदिए ।’

दोस्रो कथा : ‘लक्षमण लंकामा घाईते भए । बेहोस भए । कोमामा गए । औषधीको थलो भनेको त फेरी हिमालय पर्वत हो । जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए । लक्षमण ब्यूँझिए ।’

तेस्रो कथा : ‘शनिको नजर पुग्ने बित्तिकै पार्वतीका छोराको शिर गायब भयो । आपत पर्‍यो । त्यसपछि छेउमा जे भेटिन्छ, त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला ।’

परापूर्वकालमा चकर, आश्विनी कुमारलगायत ऋषिहरुले धन्वन्तरी आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दे उनले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए । पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गर्ने गरेको र स्वस्थकर जीवन बिताएको भन्दै उनले आफु भने ६७ बर्ष कै उमेरमा कमजोर भएको र बुद्धि बंगारा पनि फुस्किएको बताउन भूलेनन् ।

‘म ६७ बर्ष पूरा हुन लागे । हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारा आफै खुस्कियो । १ सय १ बर्षमा मेरो हजुरआमाले भुटेको मकै, भटमास चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ ।’ उनले भने, ‘मेरो चाहीँ हिजो बेलुका मात्रै माथिल्लो पट्टीको दाहिने बुद्धि बंगारा खुस्कियो । छामेर हेरेँ । जरा पनि छैन । रगत पनि आएन । कति असक्त भएको रहेछ । ’

नेपालको भुगोल नै औषधी उम्रने र हुर्कने किसिमको भएको तथा जडीबुटीको प्रयोगमा पुर्खाहरु असाधारण रहेको उल्लेख गर्दे उनले आधुनिक उपचार पद्धतिमा प्राप्त सफलता तीनै पुर्खाहरुको जेनेटिक मेमोरीका कारण भएको बताए ।

‘त्यो कल्पना असम्भव कल्पना मात्रै थिएन । पुष्पक विमान परापूर्वकालमा कल्पना गरिएको थियो । अनौठो लाग्छ । पुष्पक विमान लिएर रामलाई लिन लंका गईयो । एयरपोर्ट बनाएको थिएन । पुष्पक विमान हेलिकोप्टर झै ल्याण्ड गर्थ्यो र हेलिकप्टर झै टेकअफ गथ्र्यो । एयरपोर्टको चाहीँ कही बर्णन पाईदैन । ’

आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफु अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दे नक्कली बिरामी भन्ने पर्ने हो कि भनी ठट्टा पनि गरे ।

उनले भने ‘कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भएर सुतिराको थिएँ । हैन आउनु न त भनेर अलि जोड गरेपछि उठेर आएको भन्दाखेरी अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला । यो अस्थायी बिरामी हो । यो नक्कली चाहीँ होइन । अस्थायी बिरामी हो ।’

उनले अस्पतालले स्थापना कालदेखि अहिलेसम्म १७ हजार बिरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको पनि कामना गरे ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : ११ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ