समुद्रमा तैरने घर बनाएर बस्छन् चीनमा टङ्का जातीका मानिस « Khabarhub

समुद्रमा तैरने घर बनाएर बस्छन् चीनमा टङ्का जातीका मानिस


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा मानिसहरु सामान्यतः जमिनमा घर बनाएर बसोबास गर्छन् ।

जमिनमा नै मानिसहरुको जीवन बित्छ । जमिनभन्दा बाहिर मानिसको जीवन अकल्पनीय छ । तर, दक्षिणी चीनमा त्यस्तो जाति छ, जो सयौं वर्षदेखि समुद्रमा बसोबास गर्दै आइरहेको छ ।

त्यो जाति हो, टङ्का । परम्परागत रुपमा माछा मारेर जीवन निर्वाह गर्ने टङ्का जाति समुद्रमा तैरिने घर बनाएर बसोबास गर्दै आएको छ । उनीहरु चीनको झेजियाङ, हाइनान, फुजियान, गुआङ्डोङ, गुआङ्सी, मकोउ, हङ्कङ र उत्तरी भियतनामको तटपारी समुद्रमा तैरिने घरहरु बनाएर बसोबास गर्दै आएका छन् ।

मूलधारका हान चिनियाँ जातीभन्दा फरक रहेका उनीहरु विगत १३ सय वर्षदेखि समुद्रमा तैरिने घर बनाएर बसोबास गरिरहेका हुन् । आठौं शताब्दीमा तत्कालिन ताङ वंशको शासनबाट प्रताडित भएका कारण उनीहरु समुद्रमा पुगेको विश्वास गरिन्छ ।

सोही कारण उनीहरुको सँस्कृति मूलधारको चिनियाँ संस्कृतिभन्दा भिन्न छ ।

यी जातिको जनसङ्ख्या करिब ५० लाख हाराहारीमा छ । उनीहरुले समुद्रमै तैरिने शहर समेत बनाएका छन् ।

सामाजिक रुपमा पछि परेका कारण उनीहरुलाई समुद्रका जिप्सी पनि भन्ने गरिन्छ ।

पछिल्ला केही दशकयता पछिल्लो पुस्ताका टङ्काहरु चीनको तटीय क्षेत्रमा जमिनमै घर बनाएर बसोबास गरिरहेपनि पुराना पुस्ताका टङ्काहरु अझै पनि समुद्रमा तैरिने घरमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : २१ बजे

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह