रसुवामा पहिरोले टाटा सुमो पुर्दा २ जनाको मृत्यु « Khabarhub

रसुवामा पहिरोले टाटा सुमो पुर्दा २ जनाको मृत्यु


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् ।

मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ आउँदै गर्दा पहिरोमा परेको थियो ।

सात घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

टाटासुमोमा सवार १० मध्ये चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : २९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार