कुनै पनि वाहनामा साग रोकिँदैन– सदस्य सचिव « Khabarhub

कुनै पनि वाहनामा साग रोकिँदैन– सदस्य सचिव


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले खेल नरोकिने बताए ।

उनले केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पारे ।
उनले प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गरे ।

सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाक बाट भएपनि प्रतियोगिता संचालन गरिने उनको भनाइ थियो । । साथै प्रधानमन्त्री , अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको उनले जानकारी गराए ।

रंगशाला निर्माण, रंगशाला सम्मको सडक विस्तार लगायत खेलका पुर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताएका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : ४७ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले