अफगानिस्तानमा बम आक्रमण- ३ प्रहरी अधिकारी मारिए « Khabarhub

अफगानिस्तानमा बम आक्रमण- ३ प्रहरी अधिकारी मारिए


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा गराइएको कार बम आक्रमणमा कम्तीमा ३ प्रहरी अधिकारी मारिएका छन् ।

गजनी प्रान्तको प्रहरी कार्यालय अगाडी गराइएको कार बम आक्रमणमा अरु १२ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा अफगानिस्तामा सक्रिय इस्लामिक लाडाकु समूह तालिबानको हात रहेको हुनसक्ने अफगान अधिकारीले जनाएका छन् ।

पछिल्लो समय तालिबानले अफगानिस्तानमा सैनिक आक्रमण तथा बम विष्फोटलाई तीब्र बनाएका छन् । केही दिन अघिमात्र राजधानी काबुलमा गराइएको बम आक्रमणमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ०१ बजे

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह