लोकसेवामा पनि भनसुन चल्छ– देउवा | Khabarhub Khabarhub

लोकसेवामा पनि भनसुन चल्छ– देउवा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोकार्पण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनको थियो ।

सभापति देउवाले भने“नेपालमा भनसुन उद्योग सुरु भईसक्यो । सबै भन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए ।”

सभापति देउवाले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको , भ्रष्टाचार लगायत शुसासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अब देखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे ।

लेखक एवं नेता घिमिरेले आफु पूर्ण कालिन राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताए । शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको घिमिरेका ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संग्रहीत छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : ०७ बजे

इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो

एजेन्सी – इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई

अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव

काठमाडौं– उद्योगी व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को