युवाले आँट गरे मात्र नेपाल समृद्ध बन्छ : प्रचण्ड « Khabarhub

युवाले आँट गरे मात्र नेपाल समृद्ध बन्छ : प्रचण्ड


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्‍याउन सक्छ ।”

उनले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताए । “दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उनले भने “नेपालको इतिहास र भूमि उर्भरभूमि हो । नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।”

अध्यक्ष प्रचण्डले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानवजातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह गरे ।

उनले भने “तपाईंका अगाडि सिङ्गै जीवन छ । उहाँले युवाहरुलाई आफूहरुले विगतमा गरेजस्तो सङ्कल्प गरे देशमा ठुल्ठूला चमत्कार नै हुनसक्छ ।” उनले युवालाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गरे ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायतले देशको विकासका लागि युवाशक्ति नै केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ११ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको