भुटेको मकै खानुहोस्, १० फाइदा लिनुहोस् « Khabarhub

भुटेको मकै खानुहोस्, १० फाइदा लिनुहोस्


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गाउँघरमा दैनिक खाजाका रुपमा प्रयोग गरिने भुटेको मकै शहर बजारमा भने सोखका लागि मात्र खाने गरिएको छ । तर नियमित भुटेको मकै खाँदा पुग्ने फाइदा अनेक छन् ।

फाइबरको मात्रा अधिक हुने आइरन, कपर, र फस्फोरसको मात्रा धेरै हुने भएकाले यसले पाचनका साथै हड्डीलाई पनि राम्रो गर्छ ।

हेर्नुहोस भुटेको मकैका १० फाइला

१ भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

२ भुटेको वा पोलेको मकैमा कार्बोइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरीरलाई पर्याप्त उर्जा दिन्छ ।

३ भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।

४ भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ ।

५ यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरीरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

६ भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

७ यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।

८ सबै खानेकुरामा विषादीको मात्रा बढि रहेका बेला मकैले विषादीयुक्त खानाबाट पनि टाढा पुर्‍याउँछ ।

९ मकै आडिलो हुने भएकाले ग्यास्ट्रिकको समस्या हुनेका लागि पनि अचुक औषधी नै हो ।

१० भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : २६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित