यस्तो छ जन्डिससँग चिल्लो र बेसारको सम्बन्ध « Khabarhub

यस्तो छ जन्डिससँग चिल्लो र बेसारको सम्बन्ध


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आँखा वा शरीरमा पहेंलो पन हुनु लाइ ‌जन्डिस भनिन्छ। चिकित्सकहरुले “जन्डिस रोग हैन, रोगको लक्षण मात्र हो” भनेपनि बिरामीले यो कुरा मान्दैनन् ।

जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। जसले गर्दा जानेका बुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्न पर्छ भन्दै‌‌ हिँड्छन । जन्डिस हुँदा मुख बार्नु भनेको भिरमा उभिएको ‌मान्छेलाई धकेलेर खसालेको जस्तै हुने डाक्टरहरुको भनाई छ ।

जन्डिस देखिने धेरै रोगहरु कलेजोको खराबीका कारणले हुन्छन्। कलेजोमा समस्या हुने रोगीलाई रोगले गर्दा खाना नरुच्ने, उल्टि आउने हुन्छ। कलेजोको रोग लागेमा शरीर कमजोर हुने, जाँगर ‌नचल्ने हुन्छ। यस्तो बेलामा बिग्रेको कलेजो‌लाइ‌ सुधार्न, बिरामीको शरीरमा उर्जा दिन पर्याप्त मात्रामा पोसिलो खाना खान जरुरी छ ।

पौष्टिक ‌आहार‌ नखाएमा कलेजो झन बिग्रिदै जान्छ। मुख नमिठो गराउने रोग लागेको बिरामीलाई मनपर्ने खाने कुरा दिनु पर्ने बेला मुख बार्न लाउँदा झन रोग बढदै जान्छ। पोषिलो‌आहार‌ खाएमा २ हप्तामा निको‌हुने रोग, मुख बार्दा निको हुन महिनौ लाग्छ ।

खाने‌कुरामा बेसार जस्ता मसला हाल्नु पकाएको खानालाई आकर्षक तथा मिठो बनाउनु लागि हो। त्यो बेसारको जन्डिससँग कुनै सम्बन्ध नै हुँदैन। तेल र घिउ मा धेरै उर्जा हुन्छ। जन्डिस गराउने‌ एक किसिमको रोग (अल्कोहोलिक हेपाटाइटिस) मा नाकमा लगाएको पाइपको माध्यमबाट तेल र घिउलाई बिरामीको पेटमा पुर्‍याएर उपचार गरिन्छ।

चिल्लो खाना‌ले‌ कलेजो‌को‌ विकासमा सहयोग गर्दछ। त्यसैले, कसैलाई ‌जन्डिस भयेको देख्ना साथ मुख बार्न प्रोत्साहन नगरौ। नजानिदो किसिमले तपाईंले उस्को रोगलाइ झन बल्झाउने काम गरेको पनि हुन सक्छ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ५८ बजे

नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार