सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुससहित पक्राउ « Khabarhub

सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुससहित पक्राउ


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

व्यापारमा सहजीकरण गरिदिने भन्दै लिएको घुससहित सुनसरीको इनरुवास्थित सशस्त्र प्रहरी नम्बर ४ गणमा कार्यरत जवान बलराम यादव पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

यादवलाई देवानगञ्ज गाउँपालिका–३ कपान्तगञ्ज बजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका जवान यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ४३ बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार