विश्व स्काउट जेम्बोरीमा फहराइयो नेपालको झण्डा | Khabarhub Khabarhub

विश्व स्काउट जेम्बोरीमा फहराइयो नेपालको झण्डा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे ।

लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्यूजियममा राखिने जनाइएको छ ।

समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए । उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघि शुरु गरेको स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए ।

कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गरेको लुइँटेलले बताए ।

पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।

लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन् ।

अनिशको नाममा छात्रवृत्ति

नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा छात्रवृत्ति समेत घोषणा गरिएको छ । ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ । लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए । संस्थाको ‘फन्ड रेजिङ’ कार्यक्रममा पनि उनले मन्तव्य राखेका थिए ।

सोही अवसरमा आगामी दिनमा विश्व स्काउटको आधिकारिक पर्वतारोही भएर अनिशले ७ वटा महादेशको ७ वटै हिमाल आरोहण गर्ने पनि घोषणा गरिएको छ । विश्व स्काउटका अध्यक्ष क्राइग टर्पीले पनि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै पर्यावरणको रक्षा र दिगो विकासका लागि चेतना फैलाउने उद्देश्यले अनिशले यो चुनौति लिएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘लुइँटेल स्काउटका एक च्याम्पियन हुन् ।’

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : ३६ बजे

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र