बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ जाने पर्यटक प्रभावित « Khabarhub

बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ जाने पर्यटक प्रभावित


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि पर्यटक प्रभावित बनेका छन् । थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन आज बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताउनुभयो । सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ ।

मुस्ताङका सबै सडक अवरुद्ध भएका छन् । हिउँ पग्लिन एक÷दुई दिन लाग्ने जनाइएको छ । प्रतिकूल मौसम र धावनमार्गमा हिउँ जमेकाले पोखरा–जोमसोम हवाई उडान पनि भएको छैन । मुस्ताङ सडकका साथै विद्युत् सुविधाबाट पनि विच्छेद भएको छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पैदलमार्ग र विद्युत् सेवा अवरुद्ध बनेको छ । गाउँपालिकाको सबै सडक, पैदलमार्ग हिउँका कारण आवतजावत बन्द भएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

म्याग्दीका विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुँडाएकाले शुक्रबार रातिदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत् अवरुद्ध भएको छ । बरञ्जा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युत्का पोल ढलेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

करीब पाँच महीनापछि वर्षा भएको हो । मुस्ताङमा यस वर्ष चौथोपटक हिउँ परेको हो । बेनपा–१० बाखेतका लालबहादुर पुनले म्याग्दीमा १२ वर्षयताकै ठूलो हिमपात भएको बताउनुभयो । वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकमा खुसियाली छाएको छ ।

म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायतका पर्यटकीय स्थलमा हिउँ खेल्न विभिन्न ठाउँबाट पर्यटक पुगेका छन् । बेनी–जोमसोम, पोखरेबगर–घोडेपानी, बेनी–दर्वाङलगायत म्याग्दी र मुस्ताङमा सञ्चालित विकास निर्माणका काम पनि हिमपातका कारण ठप्प बनेको छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ३३ बजे

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’