बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ जाने पर्यटक प्रभावित « Khabarhub

बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ जाने पर्यटक प्रभावित


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि पर्यटक प्रभावित बनेका छन् । थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन आज बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताउनुभयो । सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ ।

मुस्ताङका सबै सडक अवरुद्ध भएका छन् । हिउँ पग्लिन एक÷दुई दिन लाग्ने जनाइएको छ । प्रतिकूल मौसम र धावनमार्गमा हिउँ जमेकाले पोखरा–जोमसोम हवाई उडान पनि भएको छैन । मुस्ताङ सडकका साथै विद्युत् सुविधाबाट पनि विच्छेद भएको छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पैदलमार्ग र विद्युत् सेवा अवरुद्ध बनेको छ । गाउँपालिकाको सबै सडक, पैदलमार्ग हिउँका कारण आवतजावत बन्द भएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

म्याग्दीका विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुँडाएकाले शुक्रबार रातिदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत् अवरुद्ध भएको छ । बरञ्जा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युत्का पोल ढलेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

करीब पाँच महीनापछि वर्षा भएको हो । मुस्ताङमा यस वर्ष चौथोपटक हिउँ परेको हो । बेनपा–१० बाखेतका लालबहादुर पुनले म्याग्दीमा १२ वर्षयताकै ठूलो हिमपात भएको बताउनुभयो । वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकमा खुसियाली छाएको छ ।

म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायतका पर्यटकीय स्थलमा हिउँ खेल्न विभिन्न ठाउँबाट पर्यटक पुगेका छन् । बेनी–जोमसोम, पोखरेबगर–घोडेपानी, बेनी–दर्वाङलगायत म्याग्दी र मुस्ताङमा सञ्चालित विकास निर्माणका काम पनि हिमपातका कारण ठप्प बनेको छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ३३ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित