अनुहार चम्किलो बनाउनुका साथै काजु खानाले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा | Khabarhub Khabarhub

अनुहार चम्किलो बनाउनुका साथै काजु खानाले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काजु प्रायः सवैले खाएकै हुनुपर्छ । शरीरलाई शक्ति प्रदान गर्ने काजु खानुका धेरै पाइदा छन् । यसले शरीरलाई उर्जा दिन्छ ।

थकान महसुस हुन्छ अथवा काम गर्ने मुड चलेन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ति आउँछ । काजु खानुका केही फाइदा यस्ता छन्–

  • काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । नियमित काजु खाँदा अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
  • काजुमा एक प्रकारको तेल पाइन्छ , जसमा भिटामिन बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
  • काजु खानाले शरीरमा युरीक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
  • काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रण अवस्थामा रहन्छ ।
  • हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रण रहन्छ ।
  • काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तवरले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।
  • काजुमा कार्बोहाइडे«ट , प्रोटिन , आइरन , जिंक , म्यागनेसियम , कपर , आदि पाइन्छन् । यिनले हड्डी , दाँत आदिलाई बलियो बनाउनका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ४९ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती