हङकङबासीले बनाइदिए शौचालय « Khabarhub

हङकङबासीले बनाइदिए शौचालय


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तापल्लेजु- हङकङमा बसोबास गर्दै आएका ताप्लेजुका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् ।

२८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको थियो ।

फुङलिङमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधारणलाई समेत समस्या हुँदै आएको थियो । आफ्नो जन्मथलोको मुख्यबजारमा सार्वजनिक शौचालय नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै शौचालय निर्माणमा आफूहरु जुटेको समाजका उपाध्यक्ष लोकेन्द्र आङवुहाङले बताए ।

शौचालयको उद्घाटन गर्दै नगरप्रमुख छत्रपति प्याकुरेलले समाजलाई धन्वयाद दिए । अब चाँडै कर्मचारी राखेर शौचालयको व्यवस्थापन गरिने उनको भनाइ छ । सार्वजानिक शौचालय नहुँदा यहाँ आउने पर्यटक एवं सर्वसाधारणले शौच गर्नुपरे होटल तथा नजिकैको जङ्गलतर्फ जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ५३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु