व्यापारीले सामानको मूल्यसूची नै राख्न मानेन् « Khabarhub

व्यापारीले सामानको मूल्यसूची नै राख्न मानेन्


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा मदिरा बिक्री वितरण गरिएको र धेरैजसो पसलमा म्याद गुज्रिएका सामान फेला परेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए। यस्ता व्यवसायीलाई तीन दिनभित्र मूल्यसूची राख्न र कर तिर्न निर्देशन दिइएको संयोजक शर्माले जानकारी दिए ।

अर्को पटक यस्तो भेटिए कारवाही हुनेसमेत उनले बताए । शर्माको नेतृत्वमा इलाका प्रशासन कार्यालयका अधिकृत श्रीधर टण्डन, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज भण्डारी, उपभोक्ता अधिकार मञ्चका संयोजक केशवकुमार शर्मा, वडाध्यक्ष टोपबहादुर केसी, नवराज लामिछाने, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारको सहभागिता थियो । अनुगमनलाई निरन्तता दिइने समितिले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ०१ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको