‘छ माया छपक्कै’ को फस्टलूक रिलिज « Khabarhub

‘छ माया छपक्कै’ को फस्टलूक रिलिज


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ । यस्तै केकी अधिकारीले घुम ओढेकी छिन् । पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ ।

रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आमा सरस्वती भुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुति रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

दीपकराज गिरीले पटकथा तयार पारेको  फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ । दशैँमा रिलिज गरिने भनिएको चलचित्रको रिलिज मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  ११ : ५७ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित