महिला सांसदहरुलाई संसदीय अभ्यास सम्बन्धी प्रशिक्षण « Khabarhub

महिला सांसदहरुलाई संसदीय अभ्यास सम्बन्धी प्रशिक्षण


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभामाकी उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेकी छिन् ।

संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँ वानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उनले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताइन् । संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भइसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भुमिकामा केन्द्रीत हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानून र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उनले सुझाव दिए ।

उनले शिष्ट र सभ्य भई विषयवस्तुको गार्भियता हरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।

संघीय संसद सचिवालयले संसदीय अभ्यास बारे महिला सांसदहरुका लागि अन्तरक्रिया आयोजना गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ४६ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने