महिला सांसदहरुलाई संसदीय अभ्यास सम्बन्धी प्रशिक्षण « Khabarhub

महिला सांसदहरुलाई संसदीय अभ्यास सम्बन्धी प्रशिक्षण


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभामाकी उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेकी छिन् ।

संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँ वानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उनले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताइन् । संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भइसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भुमिकामा केन्द्रीत हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानून र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उनले सुझाव दिए ।

उनले शिष्ट र सभ्य भई विषयवस्तुको गार्भियता हरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।

संघीय संसद सचिवालयले संसदीय अभ्यास बारे महिला सांसदहरुका लागि अन्तरक्रिया आयोजना गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ४६ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार