हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा « Khabarhub

हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ८ : ०३ बजे

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट

कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

हृदेयश त्रिपाठीको पार्टीले समानुपातिकमा पायो १८ हजार ४८ मत

काठमाडौँ- हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ

प्रतिनिधिसभामा कुन उमेर समूहका सांसद कति?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा

माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला