हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा « Khabarhub

हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ८ : ०३ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी