घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु | Khabarhub Khabarhub

घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घाना- सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् ।

देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ ।

“घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले एएफपीलाई भन्नुभयो ।

दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

“क्षेत्रीय सुरक्षा परिषद् र जिल्ला सुरक्षा परिषद्का अधिकारीहरु आउदैछन्, उनीहरुसँगै हामी पनि स्थानीय समुदायसँग छलफलका लागि जादैछौँ, उनीहरुसँग छलफल गरेर हामीले सूचना संकलन गर्नेछाँै,” उहाँले भन्नुभयो ।

दुर्घटनामा पिडित भएकाहरु अवैध मजदुर रहेका छन्, उनीहरु कोही पनि उनीहरुको आधिकारीक कर्मचारी नभएको बताइएको छ

घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरु पनि संलग्न भएको पाईन्छ ।

सुन खानीमा धेरै दिर्घकालिन समस्याहरु रहेकाले यस्ता दुर्घटनाहरु बेला बेलामा भइरहने गरेको अधिकारीहरुले बताएका छन् ।

यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ४ : ५६ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज