कंगोका नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहण समारोहमै विरामी « Khabarhub

कंगोका नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहण समारोहमै विरामी


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किन्शास- लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी हुनुभएको छ ।

बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न लाग्नुभएकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।

राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उहाँले मलाई “असहज महुशस भयो” भन्नु भएको थियो। त्यसपछि उहाँको मन्तव्य रोकिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका हुनुहुन्छ । उहाँ कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस)का प्रमुख हुनुहुन्छ । यो दल उहाँकै बुबा इटीनले स्थापना गर्नुभएको हो । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो ।

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गर्नुभएको थियो ।

गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षपछि निर्वाचन भएर पहिलो पटक सत्ता हस्तान्तरण भएको हो भने निर्वाचनबाट विपक्षी नेता सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए ।

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ०० बजे

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध