तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन « Khabarhub

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।

अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा तालिबानका वरिष्ट सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी दिएको जनाइएको छ ।

दोहामा अमेरिकी अधिकारीहरुसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुनेबारेमा स्पष्ट भइसकेको छैन ।

विश्लेषकहरुले “अभूतपूर्व” भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।

तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ ।

वार्तामा सहभागी नबनाएकामा असन्तुष्टी जनाएका अफगानी अधिकारीहरुले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।

विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गर्नुभएको थियो ।

सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता शुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुबै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।

मुल्लाह बरादरका अलाबा तालिबानको सैनिक एवं नागरिक विभागहरुका पदमा धेरैवटा परिवर्तन गरिएको तालिबानले वक्तव्यमा जनाएको छ ।
––

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ०३ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक