आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, मनसुन दशैंसम्म नै सक्रिय हुने संकेत « Khabarhub

आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, मनसुन दशैंसम्म नै सक्रिय हुने संकेत


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी काठमाडौंसहित देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक वातावरण नदेखिएको मौसमविद समीर श्रेष्ठले बताए ।

‘केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो,’ उनले भने ।

पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्यो तर यसवर्ष १० दिन ढिलो गरी ९ जुन आसर ५ मा मनसुन भित्रिएको थियो । गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दशैँको शुरुवाती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।

हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ४० बजे

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास