जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते « Khabarhub

जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हुँदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन र ३७ वर्षीय तिलक पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

हरेक शुक्रबार कपुरकोटमा तरकारी हाटबजार लाग्ने र हाटबजारमा तरकारी ल्याउँदै गर्दा जिप दुर्घटना भएको हो । पानी परेका कारण बाटो चिप्लो भएकाले अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप चालक र सहचालकलाई प्रहरी नियन्त्रण राखिएको इलका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : २९ बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ