क्यानको नयाँ नेतृत्वका लागि बढ्यो चुनावी सरगर्मी « Khabarhub

क्यानको नयाँ नेतृत्वका लागि बढ्यो चुनावी सरगर्मी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा आज (शुक्रबार) दिउँसो पौने २ बजे शुरु हुँदैछ ।

दुई दिन चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुर बहादुर चन्द चुनावी दौडमा छन् ।

क्यानको निर्वाचित कमिटि १७ सदस्यीय हुनेछ । उम्मेद्वारी दर्ता शनिबार बिहान ८ बजेमात्र हुने भएपनि अहिले दुवै पक्ष चुनावी चहलपहलमा होमिइसकेका छन् ।

यसैक्रममा दुवै पक्षले मुख्य ४ पदका लागि आफ्ना उम्मेद्वार तयार गरेको बताएका छन् ।

पूर्वअध्यक्ष पाण्डे नेतृत्वको समुहबाट उपाध्यक्षमा प्रदेश नम्बर एकका अध्यक्ष मिङ्‍मा डुण्डु शेर्पा, सचिवमा बाँकेका बिनोद मैनाली र कोषाध्यक्षमा महोत्तरीका उपेन्द्र भट्टराई उठ्ने करिब पक्का भएको बताइएको छ ।

सहमतिका आधारमा राम्रो टिम बनाएर जाने भन्दै पाण्डेले आफु अहिलेपनि मिलेर अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन् । ‘म अहिले पनि मिले राम्रो टिम बनाउने पक्षमा छु । उहाँहरुसँग छलफल भइरहेको छ,’ पाण्डेले भने ।

चुनावी मैदानमा रहेका अर्का अध्यक्ष चन्दको समूहबाट उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने टुङ्गो लागेको बताएका छन् । क्यानका सदस्य भने खुल्ला रुपमा ल्याउने तयारी गरिएको छ।

३९ जिल्लाका प्रतिनिधि र २० प्रदेशका प्रतिनिधिसहित शनिबार हुने निर्वाचनमा ५९ जनाले क्यानको निर्वाचनमा भाग लिनेछन् ।

को-को छन् क्यानको निर्वाचनमा मतदाता?

अर्जुन पौडेल, इलाम
लाक्पा लामा, झापा
रोशन कुमार बुढाथोकी, मोरङ
कैलाश विष्ट, सुनसरी
शम्भु प्रसाद शर्मा, उदयपुर
मिङ्‍मा डुण्डु शेर्पा, प्रदेश १
मनोज कटुवाल, प्रदेश १
शिरिष उपाध्याय, प्रदेश १
पवनकुमार अग्रवाल, बारा
हिरा भगन, धनुषा
रोशनकुमार सिंह, महोत्तरी
दाउद अंसारी, पर्सा
पवनकुमार गुप्ता, रौतहट
आयुष श्रेष्ठ, सप्तरी
माधवकुमार कर्माचार्य, सर्लाही
सुनिलकुमार महासेठ, सिरहा
आकाश पाण्डेय, प्रदेश २
सुनिलकुमार शाह, प्रदेश २
मुर्तुजा हवारी, प्रदेश २
अनिलकुमार शर्मा, प्रदेश २
विनयराज पाण्डे, भक्तपुर
कैलाश प्रधान, चितवन
अमित वीर पाण्डे, काठमाडौं
नरेश राणा, ललितपुर
दिपेन्द्र ढकाल, मकवानपुर
उपेन्द्र भट्टराई, नुवाकोट
दुर्गाराज पाठक, प्रदेश ३
करन महतरा क्षेत्री, प्रदेश ३
प्रफुल्ल बैध, प्रदेश ३
संजय कान्त सिग्देल, कास्की
राजुबाबु श्रेष्ठ, नवलपुर
जगतबहादुर टमाटा, स्यांङजा
सुदिप शर्मा, तनहुँ
ऋषी राम गौतम, प्रदेश ४
प्रकाश पौडेल, प्रदेश ४
विनोद कुमार मैनाली, बाँके
अशोक नाथ प्याकुरेल, बर्दिया
प्रदिप मजगैया, दाङ
प्रकाश गैरै, कपिलवस्तु
कृष्णप्रसाद श्रेष्ठ, नवलपरासी
राजेश श्रेष्ठ, पाल्पा
प्रशान्त विक्रम मल्ल, रुपन्देही
पदमबहादुर खड्का, सुर्खेत
संजय गुरुङ, प्रदेश ५/६
संजय राज सिंह, प्रदेश ५/६
विनय राजभण्डारी, प्रदेश ५/६
श्रीधर केसी, प्रदेश ५/६
धिरेन्द्र साउद, अछाम
चतुरबहादुर चन्द, बैतडी
प्रविन्द्रबहादुर चन्द, कञ्चनपुर
बासुदेव जोशी, डडेल्धुरा
दिनेश सिंह, डोटी
जयन्ती भट्ट, दार्चुला
विक्रम विष्ट, कैलाली
हरि रेग्मी, प्रदेश ७
तेज प्रकाश भट्ट, प्रदेश ७
आशिष कुमार, प्रदेश ७
हरि प्रसाद उप्रेती, प्रदेश ७

 

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १२ : ०७ बजे

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक