एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुने तय भएको एनआरएनए आइसिसिको नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक एवम् बेल्जियमका लाजि पर्यटन बोर्डका मानार्थ पर्यटन दूत शिव कुमार बरुवालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युरोप संयोजकको हैसियतले २ बर्ष कार्यकाल सफलता पूर्बक सम्पन्न गरी आगमी दिनमा एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफुले एनआरएनको सचीव पदमा उम्मेदवारी दिन लागेको बरुवालले बताए ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनएमा रहेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए ।

२००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७- २०१९ मा एनआरएनए युरोप संयोजक मा निर्बाचित भै हाल युरोप सयोजक को हैसियतले एनआरएनएका बिभिन्न गतिविधिमा प्रत्यक्ष संलग्न हुँदै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : ४२ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा