वीर अस्पतालमा नियम विपरित २५ जना नर्स नियुक्त, अख्तियारमा पर्‍यो उजुरी | Khabarhub Khabarhub

वीर अस्पतालमा नियम विपरित २५ जना नर्स नियुक्त, अख्तियारमा पर्‍यो उजुरी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) अन्तरगतको वीर अस्पतालमा नर्स अभाव भएको भन्दै नियम विपरित नर्सहरु नियुक्त गर्न लागिएको भन्दै वीरअस्पतालका स्वास्थ्य कर्मचारी संघले विरोध जनाएका छन् ।

अस्पतालका निर्देशक केदार सेन्चुरीले न्याम्सका केही पदाधिकारीसँग मिलेर गैर कानुनी रुपमा आफु निकाट व्यक्तिलाई नियुक्त गर्न लागिएको पाइएको हो ।

अस्पतालका निर्देशक डा सेन्चुरीले आफु निकट व्यक्तिलाई चलखेल गरेर २५ जना नर्सलाई नियुक्त गर्न लागिएको भेटिएको हो ।

अस्पतालका निर्देशकले आफूनिकट व्यक्तिलाई नियमविपरीत भर्ती गर्न लागेको भन्दै वीरअस्पतालका स्वास्थ्य कर्मचारी संघले विरोध समेत गरेका छन् ।

अस्पतालको नियम विपरित नर्स भर्ती गर्न लागिएको भन्दै संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अस्पतालका निर्देशक विरुद्ध उजुरी समेत दिएको स्रोतले बतायो ।

वीर अस्पताल न्याम्सद्धारा सञ्चालित अस्पताल हो । वीर अस्पतालमा करार सेवामा कर्मचारी नियुक्त गर्दा सेवा आयोगका पदाधिकारीले सुचना प्रकाशित गरेर कर्मचारी आवश्यकता सम्बन्धि खुल्ला विज्ञापन प्रकाशित गरेर मात्रै कर्मचारी तथा चिकित्सक नियुक्ती गर्न पाउँछ । तर वीर अस्पतालको सेवा आयोग ६ महिनाअघिदेखि पदाधिकारी विहीन छ ।

सेवा आयोगमा पदाधिकारी नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या आउने गरी कर्मचारी अभाव भएमा न्याम्सका उपकुलपतिको निर्देशन अनुसार वीर अस्पतालले कर्मचारी नियुक्त गर्न पाउँछ । त्यसका लागि पनि वीर अस्पतालले सुचना भने प्रकाशित गर्नैपर्ने हुन्छ । तर वीर अस्पतालका निर्देशक सेञ्चुरीले केही पदाधिकारीसँग मिलेर अस्पतालमा नर्स अभाव भएको भन्दै नियम विपरिद आफु निकट व्यक्तिलाई भर्ती गर्न लागेको पाइएको हो ।

‘वीर अस्पतालमा नर्स अभाव छ, यो कुरा सत्य हो, तर करारमा कर्मचारी नियुक्त गर्दा प्रक्रिया त पुराउनुपर्छ नि,’ कर्मचारी संघ निकट स्रोतले भन्यो, ‘तर अस्पतालका निर्देशकले बुधबार नै आफु निकट २५ जना नर्सहरुलाई नियुक्त दिन लाग्यो ।’

अस्पतालका निर्देशकले सूचना नै प्रकाशित नगरी गुपचुपमा नर्स नियुक्त गर्न लागेको भन्दै कर्मचारी संघले विरोध गरेपछि वीर अस्पतालका निर्देशकले आज ( शुक्रबार) राष्ट्रिय ट्रमा सेन्टरमा गुपचुपमा नियुक्त भइसकेका नर्सहरुलाई अन्तर्वाता लिएको वाहाना गरिरहेको स्रोतले बतायो ।

‘अस्पतालका निर्देशकले २५ जनालाई बुधबार नै नियुक्त गरिसकेका छन्, कर्मचारीहरुले हिजो विरोध गरेपछि आज ट्रमा सेन्टरको हलमा ११ बजेदेखि नियुक्त भइसकेका नर्सहरुको अन्तर्वाता लिइदै छ,’ स्रोतले भन्यो, ‘अस्पतालमा नर्स अभाव छ, तर प्रक्रिया पुर्‍याएर एकसाता अघि नै किन सूचना निकालिएन ? गुपचुपमा आवेदन संकलन गरेर किन नियुक्त गर्न लागियो ?’

वीर अस्पतालमा नियम विपरित नर्स भर्ना गर्न लागिएको भन्दै कर्मचारी संघले अख्तियारमा उजुरी समेत दिएको स्रोतका भनाइ छ ।

न्याम्स अन्तर्गतको वीर अस्पताल र ट्रमा सेन्टरमा यसअघि पनि अस्पताल प्रमूखहरुले नियम विपरीत कर्मचारी नियुक्त गर्ने गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले पनि देखाउछ ।

अस्पतालमा आफु निकट व्यक्ति भर्ना गर्ने प्रवृति रहेकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघिमात्रै वीर अस्पताललाई करार तथा ज्यालादारीमा कर्मचारी नियुक्ती गर्दा अस्पतालको नियम अनुसार प्रक्रिया पुर्‍याएर मात्रै गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४२ बजे

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३