अहिलेलाई ‘निर्देशक’ बन्नु मेरा लागि सपना मात्र हो: केकी अधिकारी « Khabarhub

अहिलेलाई ‘निर्देशक’ बन्नु मेरा लागि सपना मात्र हो: केकी अधिकारी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीले अभिनय यात्रा थालेको नौ वर्ष भइसक्यो । यो नौ वर्षमा केकीले सफलता पनि पाइन्, असफलताको स्वाद पनि चाखिन् । कलाकार हुँदै निर्मात्री बनिसकेकी केकीले पछिल्लो समय अभिनयसँगै निर्माणमा पनि उत्तिकै समय दिएकी छिन् ।

उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ मा रिलिजका क्रममा छ । यो फिल्मबाट केकी उत्तिकै आशावादी छिन् । किनकि, केकीलाई लाग्छ, यो फिल्मले ठूलो दर्शकमाझ आफ्नो काम देखाउने अवसर पनि जुटाइदिएको छ ।

फिल्म मेकिङमा पनि चासो राख्ने केकीले अहिलेका लागि निर्देशक बन्नु एउटा सपना मात्र भएको बताएकी छिन् । खबरहबसँगको कुराकानीमा केकीले भनिन्, ‘म अझै सिक्दैछु, यो क्षेत्रमा धेरै जान्न बाँकी छ, अहिलेका लागि निर्देशक बन्नु मेरा लागि सपना मात्र हो ।’

उनले सपना देखेपछि ती सपना पूरा हुनेमा पनि विश्वास भएको बताइन् । ‘देखेको सपना पूरा हुन्छ भन्नेमा म विश्वास गर्छु, फेरि निर्देशकको काम ‘टफ’ हुन्छ, जे बनाउन खोजिएको हो, त्यो निर्देशकको दिमागमा सेट भएको हुनुपर्छ,’ उनले अगाडि थपिन्, ‘अहिले म अझै योग्य छैन र मेरो परिपक्वताले पनि भ्याउँदैन, तर कुनै दिन निर्देशक बन्ने सपना पनि पूरा होला ।’

आगामी फिल्म ‘छ माया छपक्कै’ मा निर्माण टिमले अरु फिल्ममा भन्दा ६ गुणा बढी मेहनत गरेकाले फिल्म राम्रो बनेको उनले दाबी गरिन् ।

‘यो फिल्ममा निर्माण टिम निकै खटिरहनुभएको छ, फिल्मले मेरो करिअरमा पनि फाइदा पु¥याउँछ झैँ लाग्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ४१ बजे

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका