अहिलेलाई ‘निर्देशक’ बन्नु मेरा लागि सपना मात्र हो: केकी अधिकारी « Khabarhub

अहिलेलाई ‘निर्देशक’ बन्नु मेरा लागि सपना मात्र हो: केकी अधिकारी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीले अभिनय यात्रा थालेको नौ वर्ष भइसक्यो । यो नौ वर्षमा केकीले सफलता पनि पाइन्, असफलताको स्वाद पनि चाखिन् । कलाकार हुँदै निर्मात्री बनिसकेकी केकीले पछिल्लो समय अभिनयसँगै निर्माणमा पनि उत्तिकै समय दिएकी छिन् ।

उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ मा रिलिजका क्रममा छ । यो फिल्मबाट केकी उत्तिकै आशावादी छिन् । किनकि, केकीलाई लाग्छ, यो फिल्मले ठूलो दर्शकमाझ आफ्नो काम देखाउने अवसर पनि जुटाइदिएको छ ।

फिल्म मेकिङमा पनि चासो राख्ने केकीले अहिलेका लागि निर्देशक बन्नु एउटा सपना मात्र भएको बताएकी छिन् । खबरहबसँगको कुराकानीमा केकीले भनिन्, ‘म अझै सिक्दैछु, यो क्षेत्रमा धेरै जान्न बाँकी छ, अहिलेका लागि निर्देशक बन्नु मेरा लागि सपना मात्र हो ।’

उनले सपना देखेपछि ती सपना पूरा हुनेमा पनि विश्वास भएको बताइन् । ‘देखेको सपना पूरा हुन्छ भन्नेमा म विश्वास गर्छु, फेरि निर्देशकको काम ‘टफ’ हुन्छ, जे बनाउन खोजिएको हो, त्यो निर्देशकको दिमागमा सेट भएको हुनुपर्छ,’ उनले अगाडि थपिन्, ‘अहिले म अझै योग्य छैन र मेरो परिपक्वताले पनि भ्याउँदैन, तर कुनै दिन निर्देशक बन्ने सपना पनि पूरा होला ।’

आगामी फिल्म ‘छ माया छपक्कै’ मा निर्माण टिमले अरु फिल्ममा भन्दा ६ गुणा बढी मेहनत गरेकाले फिल्म राम्रो बनेको उनले दाबी गरिन् ।

‘यो फिल्ममा निर्माण टिम निकै खटिरहनुभएको छ, फिल्मले मेरो करिअरमा पनि फाइदा पु¥याउँछ झैँ लाग्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ४१ बजे

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन