आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध | Khabarhub Khabarhub

आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो ।

विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।

त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ । अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।

दशैँ, तिहार र छठका लागि उपत्यकाबाट झण्डै २५ लाखको हाराहारीमा मानिसहरु बाहिरिने गर्दछन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ०५ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन